मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सरकार प्रमुखका रूपमा मोदीको २५ वर्ष पूरा

Nagarik Sewa 5112+ समाचार ( )
२१ अशोज २०८३, बुधवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेका छन् । मोदीले सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेकोमा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले उनलाई बधाई दिँदै प्रस्ताव पारित गरेको छ । मोदी सन् २००१ अक्टोबर ७ मा पहिलोपटक गुजरातको मुख्यमन्त्री बनेका थिए । त्यसपछि सन् २०१४ मा संघीय सरकारको प्रधानमन्त्री बनेका उनले आज सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेका हुन् ।

सूचना तथा प्रसारणमन्त्री अश्विनी वैष्णवले मोदीको २५ वर्षे कार्यकाल भारतीय लोकतन्त्रको सामर्थ्य र परिपक्वताको प्रमाण भएको बताएका छन् ।  सामान्य परिवारबाट आएका व्यक्तिले आफूलाई राष्ट्रसेवामा समर्पित गरी निरन्तर देशको नेतृत्व गर्नु लोकतन्त्रको जीवन्तताको उदाहरण भएको उनको भनाइ छ । 

वैष्णवले मोदीले लोकतान्त्रिक शासन व्यवस्थामा अद्वितीय इतिहास बनाएको बताएका छन् । उनको कार्यशैली, नीति र स्पष्ट उद्देश्यका कारण निरन्तर जनसमर्थन प्राप्त भएको मन्त्रीको भनाइ छ ।मन्त्रिपरिषद्को प्रस्तावका १० प्रमुख बुँदामध्ये पहिलो बुँदामा मोदीले गुजरातमा अघि सारेको विकासको दृष्टिकोणलाई देशभर विस्तार गरिएको विषय समेटिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार