काठमाडौं । ओमेटो भेन्चर्सले रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। कम्पनीले बाढी प्रभावितका लागि घोषणा गरेको १० लाख रुपैयाँ बराबरको सहयोगअन्तर्गत शुक्रबार नुवाकोट पुगेर ६ लाख रुपैयाँ बराबरका अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको हो।
ओमेटो भेन्चर्सका प्रमुख कार्यकारी अधिकृत सागर पोखरेलका अनुसार बाँकी ४ लाख रुपैयाँ बराबरका राहत सामग्री पनि प्रभावित क्षेत्रको आवश्यकता र अवस्थाको पहिचान गरी सम्बन्धित स्थानमा हस्तान्तरण गरिनेछ।
कम्पनीले विपद्का बेला प्रभावित समुदायसँग सहकार्य गर्दै आवश्यक सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ। सहकार्य, एक–अर्काको साथ र सामाजिक उत्तरदायित्वलाई आफ्नो मूल सोचका रूपमा अघि बढाउँदै आएको ओमेटोले कठिन परिस्थितिमा समुदायसँगै उभिनु आफ्नो जिम्मेवारी भएको बताएको छ।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले कम्पनीले आगामी दिनमा पनि आफ्नो क्षमताअनुसार राहत तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
Jay oometo jay nepal... Ma garba ko sath vanchu ma oometo group of company ko member huu vanara.