सेयर बजार परिसूचकमा गिरावट

Nagarik Sewa 4762+ समाचार ( )
९ भाद्र २०८३, मङ्गलबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । मंगलबार (भदौ ९) ५.३० अंक अर्थात् ०.२० प्रतिशतले घटेर नेप्से २५९४.२७ विन्दुमा बन्द भएको छ । सोमबार १९.१३ अंकले घटेर नेप्से २५९९.५८ विन्दुमा बन्द भएको थियो ।

यस दिन कुल चार अर्ब १० करोड ५५ लाख २१ हजार १०७ रुपैयाँबराबरको कारोबार भएको छ । ३५७ कम्पनीको सेयर कुल ४६ हजार ५५८ पटक कारोबार भएको छ । ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ को घटेको छ । १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ । 

आज सेयर कारोबार सुरु भएसँगै घटेको बजारले दिनभर उतारचढाव आयो । यस दिन सबैभन्दा बढी कमाउने कम्पनीमा सर्वोत्तम पेन्ट्स छ । यो कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको ११.९८ प्रतिशतले मूल्य बढेको छ ।

यस्तै, आजको कारोबारमा सर्वाधिक मूल्य घट्नेमा पञ्चकन्यामाई हाइड्रो अगाडि छ । यो कम्पनीको ९.८३ प्रतिशतले मूल्य घटेको छ । उपसमूहअन्तर्गतका विकास बैंक र निर्जिवन बिमा कम्पनीबाहेकका सबै समूहको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै