काठमाडौं। पर्सा जिराभवानी गाउँपालिका ५ शंकरसरैया मुसहर टोलमा श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। शंकरसरैया मुसहर टोल बस्ने २४ वर्षीया श्रीमती अस्पतलिया देवीको हत्या आरोपमा श्रीमान् जितन माझी पक्राउ गरेका हुन् ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, शनिबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो। श्रीमान् जितनले वादविवादको क्रममा कुटपिट गर्दा अस्पतलियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जितनलाई प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।