मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

भोकमरी सूचकमा नेपालको अवस्थामा सुधार

Nagarik Sewa 5112+ समाचार ( )
८ कार्तिक २०८३, शनिबार

काठमाडौं । विश्व भोकमरी सूचकांक (जीएचआई), २०२६ को प्रतिवेदनले नेपालको अवस्था विगत वर्षभन्दा केही सुध्रिएको देखाएको छ। भोकमरी सूचकांक, २०२६ मा १२२ देशमध्ये नेपाल ७२ औँ स्थानमा रहेको छ । शनिवार सार्वजनिक सूचकांकले नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा रहेको देखाएको हो । पछिल्ला वर्षहरूमा केही प्रगति भएको तथ्यांकले देखाएको छ । 

नेपालले यस वर्ष १०० पूर्णांकमा १४.५ अंक प्राप्त गरेको छ । सन् २०२५ मा नेपालको जीएचआई अंक १४.८ थियो । उक्त अंकमा थोरै सुधार भई यसपल्ट १४.५ अंकमा झरेको हो । यसले नेपालको मध्यम खालको भोकमरीको स्थिति दर्साउँछ ।  सन् २००० मा जीएचआई सूचक ३७.१ को डरलाग्दो अवस्थामा थियो । त्यतिबेला नेपाल ‘गम्भीर भोकमरी’ भएको देशको श्रेणीमा रहेको थियो । त्यसयता क्रमिकरूपमा पोषण तथा खाद्य सुरक्षाको क्षेत्रमा नेपालले क्रमशः सुधार गरेको देखिन्छ । 

तथापि, सन् २०२४ मा १४.७ रहेको नेपालको जीएचआई अंक २०२५ मा आउँदा बढेर १४.८ पुगेको थियो । यसपालि भने केही प्रगति देखिएको छ । आठ वर्षअघि सन् २०१८ मा नेपालले १८.४ अंक पाएको थियो । भोकमरी सूचकांकमा कम अंकले तुलनात्मक रूपमा राम्रो अवस्था जनाउँछ ।   दक्षिण एसियाली मुलुकमा पनि नेपालको अवस्था प्रगतिउन्मुख देखिएको छ । सूचकांकमा श्रीलंका १०.२ अंकसहित ५३औँ स्थानमा रहेको छ । बंगलादेश १९.२ अंकसहित ८४औँ, भारत २४.१ अंकसहित १०० औँ र पाकिस्तान २५.५ अंकसहित १०६औँ स्थानमा रहेका छन् ।

अफगानिस्तान १०८औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । दक्षिण एसियाको औसत भोकमरी सूचकांक २३.५ रहेको छ । यो अवस्था विश्वको औसत १८.१ भन्दा बढी हो । दक्षिण एसियामा भोकमरी, कुपोषण तथा खाद्य सुरक्षासम्बन्धी चुनौती भने अझै कायमै छ । सूचकले दक्षिण एसियामा भोकमरी र कुपोषणको समस्या गम्भीर अवस्थामै रहेको संकेत गरेको छ । 

विश्व भोकमरी सूचकांकमा चार प्रमुख सूचक छन् ।  अपर्याप्त क्यालोरी उपभोग गर्ने जनसंख्याको अनुपात, पाँच वर्षमुनिका बालबालिकामा उमेरअनुसार उचाइ कम हुने समस्या (पुड्कोपन), उचाइअनुसार तौल कम हुने समस्या (ख्याउटेपन) र पाँच वर्ष उमेर नपुग्दै हुने बालमृत्यु दरलाई आधार मानिन्छ।

जसका आधारमा देशको भोकमरीको अवस्था मूल्यांकन गरिन्छ । सूचकांकमा प्राप्त अंक घट्दै जानुले समग्र भोकमरीको अवस्था प्रगतिउन्मुख भएको संकेत गर्छ । सूचकांकले नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा रहेको देखाएको छ । नेपालमा पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपनको दरमा उल्लेख्य सुधार आएको छ ।

सन् २००० मा यस्तो समस्या ५५.९ प्रतिशत बालबालिकामा देखिएकोमा सन् २०२६ मा आउँदा घटेर २६.२ प्रतिशत रहेको छ । यस वर्ष पुड्कोपनको दर २९.७ प्रतिशत विन्दुले घटेको छ ।  तर, पोषण र खाद्य सुरक्षाका क्षेत्रमा अझै सुधार गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ । नेपालमा कुपोषणको अवस्था अझै पनि ठूलो सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा रहेको देखिन्छ । कुपोषण कृषि ढाँचा, उत्पादन पद्धति, खाद्य प्रणाली र उपभोगमा आएको परिवर्तनसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको छ।

जलवायु परिवर्तनको प्रभाव, जैविक विविधताको क्षति र आप्रवासनजस्ता चुनौतीका कारण कमजोर र सीमान्तकृत समुदायहरूलाई खानामा पहुँच सुनिश्चितमा कठिनाइ रहने गरेको विश्व भोकमरी सूचकांकबाट उजागर हुँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै