काठमाडौं महानगरको नगरसभा २९ गते बस्ने

Nagarik Sewa 4426+ समाचार ( )
२७ आश्विन २०८२, शुक्रबार

काठमाडौं। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट काठमाडौं महानगरपालिकाले असार २९ गते (आइतबार) ल्याउने भएको छ। शुक्रबार बसेको ४०औं नगर कार्यपालिका बैठकमा मेयर बालेन शाहले आइतबार दिनको २ बजे नगरसभा बस्ने जानकारी दिनुभयो। सोहीदिन बिहान ९ बजे कार्यपालिका बैठक बस्नेसमेत उहाँले बताउनुभयो।

महानगरले करिब २५ अर्बको बजेट ल्याउने तयारी गरेको छ। शुक्रबार बसेको महानगरपालिका राजस्व परामर्श समितिको बैठकले बजेटको सीमा निर्धारण गरेको हो । बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन) ले जनचाहनाअनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजस्व परामर्श समितिले निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार