९.६१ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4856+ समाचार ( )
११ मंगशिर २०८२, बुधवार

काठमाडौं। बुधबार नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्ड‍ेक्स १.६४ अंकले बढेर ४५९.१७ विन्दुमा अडिएको छ। नेप्से बढेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा वृद्धि भएको छ। आज ३२२ स्क्रिप्सको १ करड ३६ लाख २० हजार ८३८ कित्ता सेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ रुपैयाँमा खरिदबिक्री भए।

मंगलबार ५ अर्ब ८२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।  झापा इनर्जी,सागर डिस्टिलरी र स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसैगरी श्रीनगर एग्रीटेक इन्डष्ट्रीको सेयर क्रमश ९.९८ र ९.६१ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

शिवम् सिमेन्टले २६ करोडको सेयर कारोबार गर्दा  हिमालयन डिस्टिलरीले २३ करोड,बन्दिरपुर केवलकारको १९ करोड र हिमालयन रिइन्स्योरेन्सको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १४२ वटा स्टक्सको मूल्य बढ्दा १०४ वटाको घट्यो। ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। पाँच समूहको उपसूचक घट्दा ८  समूहको उपसूचक सकारात्मक देखिएका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार