२२५ जना शान्ति सैनिकहरुको टोली मिसन इलाकातर्फ प्रस्थान
२२५ जना शान्ति सैनिकहरुको टोली मिसन इलाकातर्फ प्रस्थान

Nagarik Sewa 4424+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

काठमाडौँ । बुधबार २२५ जना शान्ति सैनिकहरुको टोली मिसन इलाकातर्फ प्रस्थान गरेको छ । 

यूएन मिसन अन्तर्गत महावीर गणको दोश्रो डफ्फालाई बदली गर्नको लागि युद्धभैरव गण (शान्ति सेना) तेश्रो डफ्फाका २२५ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली प्रमुख सेनानी प्रमोद कुमार शर्माको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा Central African Republic प्रस्थान गरेको हो ।

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दोश्रो डफ्फामा कार्यरत २२५ जना शान्ति सैनिकहरू सेनानी हरी कुमार पाण्डेको नेतृत्वमा मंसिर २५ गते नै स्वदेश फिर्ता भएका थिए ।

हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरु कार्यरत छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै