मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

वैशाखको पहिलो साता स्थानीय तहको निर्वाचन गर्ने तयारी

Nagarik Sewa 5112+ समाचार ( )
१३ कार्तिक २०८३, बिहीबार

काठमाडौं । स्थानीय तह निर्वाचन कहिले होला ? दल र आकांक्षीहरू जुर्मुराइसकेका छन् । दलहरू अभियानसहित गाउँ–ठाउँमा सक्रिय हुन खोज्दै छन् । तर, सरकारले मिति घोषणा गरेको छैन । स्थानीय तह निर्वाचन २०७३ को दफा ३ (१) मा गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगाडि निर्वाचन गर्नुपर्ने व्यवस्था छ । 

जहाँ भनिएको छ, “निर्वाचन गाउँ सभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुनेछ ।” उक्त व्यवस्थाअनुसार आउँदो फागुनमा स्थानीय तहको निर्वाचन गनुपर्नेछ । २०७९ को स्थानीय निर्वाचन वैशाख ३० गते भएको थियो ।  तिनको पदावधि २०८४ वैशाख ३० गते समाप्त हुन्छ । त्यस हिसाबले हिसाबले फागुनको अन्तमा स्थानीय तहको निर्वाचन गर्नुपर्नेछ । तर, संविधान भने बाझिन्छ । संविधानको धारा २२५ मा भने गाउँ सभा वा नगरसभा सकिएको ६ महिनापछि अर्को निर्वाचन सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ । निर्वाचनको मिति तोक्नुअघि सरकारले निर्वाचन आयोगसँग परामर्श गर्नुपर्छ । निर्वाचनबारे वालेन्द्र शाह नेतृत्वको सरकारले आयोगसँग परामर्श गरेको छैन ।  “कानुनतः स्थानीय तहको निर्वाचन आउँदो फागुनमा हुनुपर्छ । निर्वाचनबारे सरकारसँग छलफल गर्न बाँकी छ,” आयुक्त गुरुप्रसाद वाग्लेले  भने ।

उता, राजनीतिक दलहलहरू स्थानीय चुनावका निम्ति सक्रिय हुन थालेका छन् । दलहरूले स्थानीय चुनावमा नतिजा आफ्नो पक्षमा पार्न योजना बुन्न थालेका हुन् । दलहरू फरक–फरक अभियानसहित जनताको घरदैलोमा पुग्ने क्रम सुरु भएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘हामी आउँदैछौं’ जिल्ला–जिल्ला पुग्यो । अरु दलहरू पनि स्थानीय निर्वाचन निम्ति जुर्मराउन थालिसकेका छन् ।

कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनको दुई महिना पहिले नै उमेदवार छान्ने अभिव्यक्ति दिइसकेका छन् ।  नेकपा (एमाले) ले मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दैछ । एमालेले आवश्यक परे सडक वा चुनावमा लाग्ने गरी आफ्नो कार्यकर्ता पङ्तिलाई निर्देश गर्ने तयारी गरेको छ । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ‘जागरण अभियान’ सुरु गरेको छ ।  गत प्रतिनिधिसभा निर्वाचन परिणामले हैसियत फेरिएका दलहरू स्थानीय निर्वाचनमा आफ्नो साख जोगाउने दाउमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार