एनपीएलमा आज दुई खेल हुँदै

Nagarik Sewa 3502+ समाचार ( )
३ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दुई खेल हुँदैछन्। आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन् मने दोस्रो खेलमा विराटनगर किङ्ग्स र  पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्।

चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन्। विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन्। यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुआत गरेको छ। जितसँगै काठमाडौँले अङ्कतालिकामा दुई अङ्क पनि जोड्यो।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा  यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ। प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार