काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन जना गम्भीर घाइते

Nagarik Sewa 4170+ समाचार ( )
२४ कार्तिक २०८२, आइतबार

काठमाडौं ।  काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन जना गम्भीर घाइते भएका छन् । भाटभटेनीको उक्त भवन मर्मत तथा सरसफाइका लागि भत्काउने क्रममा उनीहरू घाइते भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार हेटौंडा उपमहानगरपालिका–१ का ३३ वर्षीय राजकुमार स्याङ्तान र २५ वर्षीय दीपक तामाङ गम्भीर घाइते भएका हुन् । अर्का एक जना घाइतेको भने परिचय खुलिनसकेको एसपी भट्टराईले जानकारी दिए । घाइतेहरूलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइएको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएको भाटभटेनीको उक्त भवन मर्मत तथा सरसफाइका लागि भत्काउने कार्य भइरहेका थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार