वनभोज हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

Nagarik Sewa 4431+ समाचार ( )
१८ पौष २०८२, शुक्रबार

काठमाडौं। गुल्मीमा विद्यार्थी बोकेर वनभोज हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। पिकनिकका लागि हिँडेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले शुक्रबार लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको मालिका गाउँपालिका–६ का ३६ वर्षका वसन्त अर्याल र ६० वर्षकी मनकला अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

बसले मालिका–७ अर्जे राम्चेको ओरालोमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षका बालक अनुभव गिरी घाइते भएका छन्। यस्तै सोह्यी दुर्घटनामा पैदलयात्री मालिका–६ की स्थानीय शिक्षिका लीला अर्याल समेत घाइते भएकी छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बस स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीलाई वनभोज लैजान हिँडेको थियो। दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार