एकीकृत समाजवादीको विचार गोष्ठी सुरु

Nagarik Sewa 4680+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को आयोजनामा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी सुरु भएको छ ।  

चौथो पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजित विचार गोष्ठीको प्रमुख अतिथि अध्यक्ष माधवकुमार नेपाल रहनुभएको छ। अध्यक्ष नेपालले वैज्ञानिक समाजवादका कुरा शब्दमा मात्र गरेर नहुने बताउनुभएको छ। सोमबार पार्टी स्थापना भएको चौथो वर्ष पुरा गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा कसरी अघि बढ्दा पार्टी र आन्दोलनलाई लक्ष्यमा पुर्‍याउन सकिन्छ भनेर बुझ्नुपर्ने बताउनुभयो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार