मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

मङ्सिर २७ गते त्रिविको नीति अधिवेशन हुने

Nagarik Sewa 4697+ समाचार ( )
२० मंगशिर २०८१, बिहीबार

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आगामी मङ्सिर २७ गते नीति अधिवेशन (सिनेट) बोलाएको छ । गत साउन १५ गते बसेको त्रिवि सभा (सिनेट) मा नीतिबारे छलफल नभएपछि अहिले विद्यमान नीतिबारे छलफल गर्न नीति अधिवेशन बोलाएको हो । 

त्रिवि प्रवक्ता यमनबहादुर बोहराका अनुसार नियम कानुनसँग सम्बन्धित विभिन्न एजेन्डाहरूमा छलफल हुनेछ । त्रिविले ऐनका विभिन्न प्रावधानहरू संशोधनको तयारी गरेको छ । अधिवेशनबाट ऐन संशोधन हुनेछ ।

त्रिविको हिउँदे अधिवेशनका नामले समेत चिनिएको नीति अधिवेशनले महत्त्वपूर्ण निर्णयहरू पारित गर्नेछ । त्रिविले यस विषयमा सरोकारवाला निकायसँग छलफल थालेको छ ।

सभा सदस्य तथा त्रिवि स्ववियु सभापति श्यामराज ओझाले आफूले समेत अधिवेशनका लागि तयारी गरिहरेको बताए । उनले देशभरका स्ववियुहरूसँग सुझाव माग गरेका छन् ।त्रिविमा बर्खे र हिउँदे गरी वर्षमा दुई पटक सभा बस्नुपर्ने व्यवस्था छ । सोही आधारमा त्रिविले हिउँदे अधिवेशन बोलाएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार