फिफा वरीयतामा नेपाल १ सय ७६औं स्थानमा

Nagarik Sewa 4431+ समाचार ( )
२६ आश्विन २०८२, बिहीबार

काठमाडौं। फिफा वरीयतामा नेपाल एक स्थान तल झरेर १ सय ७६औं स्थानमा पुगेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेर हो ।

फिफा वरीयतामा सार्क देशका सबैको स्थान खस्किएको छ। नयाँ वरीयता अनुसार सार्क देशमा नेपालभन्दा माथि भारत १ सय ३३, माल्दिभ्स १ सय ७१औं स्थानमा छन् । नेपालभन्दा तल बङ्गलादेश १ सय ८४, भूटान १ सय ८६, श्रीलङ्का १ सय ९६ र पाकिस्तान २ सय १औं स्थानमा छन् ।

फिफा वरीयतामा अर्जेन्टिना शीर्ष, स्पेन दोस्रो, फ्रान्स तेस्रो, इङ्ग्ल्यान्ड चौथो र ब्राजिल पाँचौं स्थानमा यथावत् छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार