मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १८ महिनासम्म ब्याजरहित किस्ताबन्दीमा सामान किन्न पाउने

Nagarik Sewa 5112+ समाचार ( )
१९ कार्तिक २०८३, बुधवार

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्तालाई १८ महिनासम्म ब्याजरहित किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने सुविधा सुरु गरेको छ । बैंक स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसरमा बैंकले बीएनपीएल (Buy Now Pay Later) प्लेटफर्ममा आबद्ध हुँदै उक्त सुविधा सञ्चालनमा ल्याएको हो ।

नेपाल बैंक लिमिटेड र फिन्तारा सोलुसन्स प्रा.लि.बीच भएको सम्झौताअनुसार बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त प्लेटफर्ममार्फत १८ महिनासम्मको किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । यसरी सामान खरिद गर्दा ग्राहकले कुनै ब्याज तथा सेवा शुल्क तिर्नुपर्ने छैन ।

सम्झौतामा सोमबार बैंकको प्रधान कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठक र फिन्तारा सोलुसन्सका कार्यकारी निर्देशक आशिषकुमार शर्माले हस्ताक्षर गरेका हुन् ।

नेपाल बैंक लिमिटेड आगामी कात्तिक ३० गते ९०औँ वर्षमा प्रवेश गर्दैछ । बैंकले युवा जनशक्ति र आधुनिक प्रविधिको प्रयोगमार्फत देशभर छिटोछरितो तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै