मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

माओवादीको संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने निर्णय

Nagarik Sewa 4697+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

काठमाडौं। नेकपा माओवादी केन्द्रको आज बिहान बसेको पदाधिकारी बैठकले संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । बैठकले गतिरोध अन्त्यका लागि सिर्जनात्मक र रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको हो ।

‘हामी जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहने छ,’ बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले भने, ‘निकास निकाल्नका लागि सिर्जनात्मक, रचनात्मक ढंगले लाग्नेछौं ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत मुछिएको भन्दै उनको राजीनामा माग्दै नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्ष दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् । संसदको गतिरोध नहट्दा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।

माओवादी प्रवक्ता सापकोटाले भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्छ भन्ने आफूहरुको मुख्य माग रहेको बताए । त्यसका लागि सरकारले कस्तो वातावरण बनाउँछ, त्यस अनुसार अघि बढ्ने उनले बताए ।

यसबारे सरकारसँग र अन्य विपक्षी दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार