सेयर बजारमा पहिरो

Nagarik Sewa 4501+ समाचार ( )
२२ चैत्र २०८२, आइतबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (चैत २२) नेप्से परिसूचक उच्च अंकले घटेको छ ।  यस दिन नेप्से १०५.५० अंकले घटेर २६७६.६८ विन्दु कायम भएको छ ।  ३४५ कम्पनीको तीन करोड १२ लाखभन्दा बढी कित्ता किनबेच हुँदा १२ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । सबै समूह राताम्मे बने । 

यस दिन ६ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढ्यो । जसमा रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटेल फरेस्ट इन, सुपरखुदी हाइड्रो र सूर्यकुण्ड हाइड्रो छन् । यस्तै, सात कम्पनीको मूल्य १० प्रतिशत जतिले घट्यो । मूल्य घट्ने कम्पनीहरूमा नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जी, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, सप्तकोसी डेभलपमेन्ट

बैंक, प्योर इनर्जी र सान्भी इनर्जी छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार