काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। आज सुन तोलामा १६ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।
सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेर कारोबार भइरहेको छ । आज चाँदी तोलामा १५ रुपैयाँल घटेको छ । आज चाँदी तोलाको २ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।