राष्ट्रपति पौडेलद्वारा भारतीय सेना प्रमुख द्विवेदीलाई मानार्थ महारथी प्रदान

Nagarik Sewa 4849+ समाचार ( )
६ मंगशिर २०८१, बिहीबार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गर्नुभएको छ। शीतलनिवासमा आयोजित समारोहकाबीच सेनापति द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति पौडेलले उक्त दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्टहरुको उपस्थिति रहेको थियो ।

भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आउनुभएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार