मुख्य समाचार
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा | समृद्धि शाहले जितिन् वर्ल्ड राइजिङ स्टारको शीर्ष उपाधि | कांग्रेसको संस्थापन समूहद्वारा दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासित | नेकपाको केन्द्रीय सदस्य बनिन् युवा नेतृ अञ्जना पोखरेल | पत्रकार महासंघ काठमाडौंको कार्यबाहक अध्यक्षमा कमल राना | गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा ५ प्यालेस्टाइनीको मृत्यु | बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ | कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी दर्ता | तोलामा १५ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु |

भूमिसम्बन्धी अध्यादेश नसच्याइए सरकारबाट बाहिरिने लोसपाको चेतावनी

Nagarik Sewa 3912+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले भूमिसम्बन्धी अध्यादेश नसच्याइए सरकारबाट बाहिरिने चेतावनी दिएको छ। सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले अध्यादेश सच्याइनुपर्ने पार्टीको निर्णय रहेको बताउनुभयो । 

बिहीबार सर्लाहीमा लोसपा नेपालको जिल्ला कार्यसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै ठाकुरले संघीय सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश मधेस विरोधी रहेको बताउनुभयो । उहाँले सो अध्यादेश कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै अध्यादेश नसच्चिए पार्टी सरकारबाट बाहिरिने बताउनुभयो । 

उहाँले मधेसका हक, अधिकार र पहिचानको रक्षा गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै आन्दोलनका कार्यक्रमहरू अघि बढाइने चेतावनी पनि दिनुभयो। सो पार्टीका प्रवक्ता मनिष मिश्रले पनि पार्टी अध्यक्षले सरकारबाट बाहिरिने कुरा गरेको बताउनुभयो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार