लस एन्जलसको जङ्गलमा फेरि लाग्यो डढेलो

Nagarik Sewa 1541+ समाचार ( )
१० माघ २०८१, बिहीबार

वासिङ्टन डीसी। अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि डढेलो दन्किएको छ । अधिकारीहरूले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेका छन्। सहरबाट ४५ माइल टाढा कास्टेइक ताल नजिकैको पहाडी क्षेत्रमा अहिले डढेलो लागेको हो । यसको नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन्, जसमा अहिलेसम्म कुनै क्षति भने भएको छैन। 

डढेलो ८ हजार एकडभन्दा बढी क्षेत्रफलमा फैलिसकेको छ । तीव्र गतिमा चलिरहेको हावा र सुकेका झाडीहरूले गर्दा डढेलो झन् झन् फैलिरहेको बताइएको छ। आसपासका क्षेत्रका करिब १९ हजार बासिन्दाहरू उक्त क्षेत्र छोड्न बाध्य भएको बताइएको छ । 

क्यालिफोर्निया राज्यका अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेका छन्। लस एञ्जलसमा डढेलो सुरु भएको एक हप्ताभन्दा बढी भइसकेको बताइएको छ । यसमा परेर हजारौँ घर ध्वस्त भएका छन् भने २५ जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार