काठमाडौं। नेपालीहरूको महान् पर्व बडादशैँअन्तर्गत मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने क्रम समापन भएको छ। दशैँको अवसरमा परिवार, आफन्त तथा इष्टमित्रबीच भेटघाट, शुभकामना आदानप्रदान र आपसी सद्भाव साटासाट गरिएको छ।
विजयादशमीका दिनदेखि सुरु भएको टीका ग्रहण गर्ने परम्पराले पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई थप बलियो बनाएको छ। दशैँका अवसरमा मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको आशीर्वाद लिने परम्परा नेपाली समाजमा विशेष महत्त्वका साथ मनाइन्छ।