काठमाडौं। जनकपुरधाम उपमहानगरपालिका–१५ का ६५ वर्षीय वासुदेव प्रसाद साहको हत्या प्रहरीले एक जनालाई प्रकाउ गरेको छ। हत्या आरोपमा वडा नम्बर २१ मा बस्ने मृतककम ज्वाइँ ५५ वर्षीय बेचन महासेठलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो।
असार १८ गते वासुदेवकै घरमा बेचनले चक्कु प्रहार गरी हत्या गरेर फरार भएका थिए। उनीहरूको घरायसी विवादकै कारण हत्या गरिएको धनुषाका एसपी नरहरि रेग्मीले जानकारी दिए। प्रहरीले घटनास्थलबाट चक्कु र आरोपी चढेको प्रदेश ०२–००७प ९९३२ नम्बरको स्कुटर समेत बरामद गरेको छ।
मृतक परिवारका अनुसार ज्वाइँ बेचनले बारम्बार पैसा मागिरहेका थिए। पैसाका कारण उनीहरूबिच विवाद भएको थियो। ससुरा वासुदेवले जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षा निवेदन समेत दिएका थिए । पैसा नदिएकै कारण ज्वाइँले बेचनको हत्या गरेका थिए। मृतककी श्रीमती शैलदेवीले किटानी जाहेरी दिएपछि उनलाई मंगलबार प्रहरीले जनकनन्दनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेसनबाट पक्राउ गरिएको रेग्मीले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिई यस विषयमा थप अनुसन्धान भइरहेको छ ।