काठमाडौं। खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले माइतीघर मण्डलामा सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका छन् । स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेको भन्दै नगर प्रमुख भट्टराईले सत्याग्रह सुरु गरेका हुन् ।
सिंहदरबारको दक्षिण गेट अगाडि केश मुण्डन गर्ने भनी पुगेका उनलाई निषेधित क्षेत्र भनी प्रहरीले नियन्त्रण लिएर माइतीघरमा ल्याइ छाडिदिएको थियो। उनी अहिले माइतीघर मण्डला पुगी सत्याग्रह सुरु गरेका छन् ।