हिमाल संकटमा पर्दै गएकोमा प्रधानमन्त्री ओलीको आपत्ति

Nagarik Sewa 4210+ समाचार ( )
२० पौष २०८१, शनिबार

सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बुपासाङ ल्हामू गाउँपालिकाको केन्द्र चौरीखर्क ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को कालोपत्रे गरिने बताउनुभएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटन सडकको उद्घाटन गर्न सुर्के पुग्नुभएका प्रधामन्त्री ओलीले तेन्जिङ हिलारी विमानस्थलले लुक्लाको सहज बनाएको भन्दै हालै सञ्चालनमा आएको सडकले थप सहज गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सोलुखुम्बुको तेन्जिङनोर्गे शेर्पा, पासाङल्हामु शेर्पा लगायत तिसौँ पटक सगरमाथाको आरोहण गर्ने साहसीहरुको जिल्ला भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय विभूती तथा प्रथम नेपाली सगरमाथा आरोही पासाङल्हामू शेर्पाको घर समेत अवलोकन गर्नुभयो । उहाँले विभिन्न मानवीय गतिविधिले हुने प्रदुषणका कारण हिमाल संकटमा पर्दै गएको भन्दै यसलाई रोक्न विश्व समूदायसँग आफुले हरेक फोरममा कुरा उठाउने गरेको बताउनुभयो ।

विश्वलाई शितलता प्रदान गर्ने अग्ला हिमाल कालापत्थर हुनु दुःखद भएको भन्दै सबै संवेदनशील हुनु पर्ने उहाँको धारणा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार