मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

नेपाल शिक्षक महासंघको शैक्षिक हडतालको सुरु

Nagarik Sewa 4382+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

काठमाडौं। विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै चैत २० गतेदेखि काठमाडौं सडक आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासंघले आजदेखि शैक्षिक हडतालको सुरु गरेको छ । आन्दोलनलाई थप तताउन महासंघले आजदेखि शैक्षिक हडतालको गरेको हो । 

शिक्षकहरूले अनिश्चितकालीन हडतालका क्रममा उत्तरपुस्तिका परीक्षण, परीक्षामा सहभागी, विद्यार्थी भर्ना अभियान, शैक्षिक गोष्ठी, सेमिनार जस्ता कार्यक्रम बहिस्कार गरेका छन् । शिक्षकहरूको आन्दोलन तथा हडतालका कारण विभिन्न ठाउँमा शिक्षक तालिमहरू समेत स्थगित भएका छन् । 

त्यस्तै एसईईको उत्तरपुस्तिका समेत परीक्षण नगर्ने घोषणा गरेका छन् । जसले गर्दा एसईई दिएका ५ लाख विद्यार्थीका ३५ लाख थान उत्तरपुस्तिका परीक्षणको काम अनिश्चित बनेको छ । यही सातादेखि कापी परीक्षणको काम सुरु नगरेको खण्डमा आगामी असार ७ गते एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुने देखिएको छ । 

शिक्षकहरूको आन्दोलन तथा हडतालका कारण नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान समेत प्रभावित हुने देखिएको छ । त्यस्तै विभिन्न तहका परीक्षाको नतिजा प्रकाशनमा समेत ढिलाइ भएको छ । शिक्षकहरूले भने ऐन जारी नहुँदासम्म कुनै पनि प्रकारका शैक्षिक कार्यक्रममा सहभागी नहुने अडान लिँदै आएका छन् । 

देशभर चार लाख भन्दा बढीको संख्या शिक्षक तथा विद्यालय कर्मचारी छन् । उनीहरूले शैक्षिक हडताल गर्दा नयाँ शैक्षिक सत्र नै प्रभावित हुने खतरा बढेको छ । तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने अडानबाट आफूहरू तलमाथि नहुने उनीहरूको अडान छ । जसले गर्दा सरकारले पटक पटक वार्ताका लागि बोलाउँदा समेत वार्तामा जान मानेका छैनन् । 

उनीहरूले शिक्षा ऐन जारी गर्न तीन विकल्प अघि सारेका छन् । विशेष अधिवेशन बोलाउने वा बर्खे अधिवेशन बोलाउने, वा अध्यादेशबाट विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने विकल्प अघि सारेका हुन् । सरकार भने तिनै विकल्पमा सहमत देखिएको छैन । सरकारले उनीहरूसँग तत्काल सहमत गरेर बर्खे अधिवेशनको पहिलो सत्रमा नै विधेयक पेस गर्नेगरी सहमति गर्न प्रस्ताव गरेको छ । शिक्षकहरू विगतमा पटक पटक उधारो सहमति गरिएको बताउँदै यो पटक त्यस्तो केही सहमति नगर्ने अडान राख्दै आएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार