आफ्ना माग सम्बोधन नभएको भन्दै शिक्षक महासङ्घद्वारा आन्दोलनका कार्यक्रम घोषणा

Nagarik Sewa 4164+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

काठमाडौं। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल शिक्षक महासङ्घले आफ्ना माग सम्बोधन नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासङ्घले अबको आन्दोलन विगतको भन्दा कडा र सशक्त हुने चेतावनी दिएको छ । 

महासंघका अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ भने भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ ।

भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। उनका अनुसार भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने तयारी भएको छ । 

‘अबको आन्दोलन हिजोको भन्दा कडा र दबाबपूर्ण हुन्छ’, अध्यक्ष सुवेदीले पत्रकार सम्मेलनमा भने । उनले सरकारसँग गरेको २७ बुँदे सहमति नै बटमलाईन भएको र सो अनुसार सरकारले आफ्ना माग पुरा नगरेको दाबी गरे। शिक्षा विधेयक संसदीय समितिबाट पारित भएपछि महासङ्घले यसप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारण सार्वजनिक गरेको हो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै