मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

मालपोत कार्यालय कोहलपुरका ४ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nagarik Sewa 4382+ समाचार ( )
२ आश्विन २०८२, सोमबार

काठमाडौं। मालपोत कार्यालय कोहलपुर, बाँकेमा कार्यरत दुई खरिदारसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्ला बाँकेस्थित मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेले सेवाग्राहीसँग जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै लेखापढी व्यवसायी (विचौलिया) मार्फत रु. २० हजार घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा लेखापढी व्यवसायी शान्ति पुनले सेवाग्राहीबाट मागिएको घुस रकम लिएर हरिचन्द्र पाण्डेलाई दिएको र पाण्डेले उक्त रकम रेष्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उनीहरूलाई रकमसहित नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानका क्रममा घटनासँग सम्बन्धित रूपमा खरिदार रतन बहादुर जि.सी.को समेत संलग्नता देखिएकोले आयोगले खरिदार पाण्डे र जि.सी.लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसार भ्रष्टाचारको कसुरमा दोषी ठहर गर्दै कैद र बिगोअनुसार जरिवाना माग गर्दै मुद्दा दायर गरेको हो । 

यसैगरी, सेवाग्राहीबाट घुस माग गरी त्यसको लेनदेनमा सहजीकरण गरेको आरोपमा लेखापढी व्यवसायी शान्ति पुन र घनश्याम तिवारीमाथि पनि भ्रष्टाचार निवारण ऐनको दफा ३(२) अनुसार मुद्दा चलाइएको छ। उनीहरूलाई पनि कैद र बिगोअनुसार जरिवाना सजाय माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार