काठमाडौं। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.४९ अंकले बढेर २७२२.७३ को विन्दुमा उक्लिएको छ। आज १८७ कम्पनीको सेयरमूल्य बढ्दा ५९ कम्पनीको घटेको छ ।
नेप्सेका अनुसार, आज १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटक खरिदबिक्री भएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स तथा क्रेस्ट माइक्रो लाइफको सेयरमूल्य १० प्रतिशतले बढेको छ । एचआईडीसीएल, सुपरमादी हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंकलगायत धेरै कमाउनेमा शीर्ष स्थानमा रहे । समूहगत सूचकतर्फ व्यापार समूह ०.१५ प्रतिशत घटेको छ । बाँकी १२ सूचकको बढेको छ । सबैभन्दा बढी लगानी समूह २।९९ प्रतिशतले बढेको छ ।