संसदको अवरोध हटाउने उपाय खोज्नुपर्नेमा अध्यक्ष नेपालको जोड

Nagarik Sewa 4218+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्ने बताउनुभएको छ । सिंहदरबारमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटका क्रममा अध्यक्ष नेपालले सदनको अवरोध हटाउन कुनै न कुनै उपायन निकाल्नुपर्ने र अब बीचको उपाय खोजेर अघि बढ्नुपर्ने बतउनुभयो ।

नेपाल र अध्यक्ष दाहालबीच सिंहदरबारमा पछिल्ला समसामयिक राजनीतिक, अख्तियारको मुद्दा, संसदको अवरोधका विषयमा छलफल भएको छ । अध्यक्ष नेपालले भन्नुभयो, ‘कुनै न कुनै उपाय निकाल्नुपर्छ भन्नेकुरामा नै अब बीचको उपाय खोज्ने भन्ने छ । अख्तियारको बारेमा त प्रधानमन्त्रीकै कुरा आइसकेको छ ।’ अख्तियारको मुद्दाबारे सञ्चारकर्मीले गरेको प्रश्नमा अध्यक्ष नेपालले यसबारेमा प्रधानमन्त्रीले नै बोलिसक्नुभएको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार