मुख्य समाचार
निर्वाचन सफल बनाउनु साझा काम र ऐतिहासिक दायित्व भएको राष्ट्रपति पौडेलको भनाई | दुबईको ‘ट्रान्जिट’मा १०८ नेपाली | हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए | 'मौन अवधि'मा हुन सक्ने गतिविधिमा आयोगको निगरानी | सर्लाहीमा मतदान अधिकृतको निधन | रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जित सुनिश्चित | सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित | रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश | अमेरिकी-इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिए | मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द |

प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न नेपाल आइन् बंगलादेशकी युवती: परिवारले अस्विकार गरेपछि बिचल्ली

Nagarik Sewa 4136+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

रौतहट/ अरुण पटेल l साउनको झलझल घामसँगै रौतहटको गौर नगरपालिका–६, सबगढा टोलमा आजभोलि एक बंगलादेशी युवतीको नाम गुञ्जिरहन्छ। नेपाली युवकप्रेममा देश पार गरिन् उनी, मनले हो भने विवाह गरेर यहीँ जीवन बिताउने चाहनासहित नेपाल आइपुगिन्। तर यो प्रेम–कथा अहिले सामाजिक अस्वीकृति र पारिवारिक तनावको घेराभित्र अल्झिएको छ।

ती युवती मुस्लिम समुदायकी हुन्। उनी र गौरका स्थानीय मो. सफिउल्लाहका छोराबीच सामाजिक सञ्जाल र फोन सम्पर्कमार्फत प्रेम सुरु भएको थियो। दिन–प्रतिदिन गहिरिँदै गएको यो सम्बन्धले एकपटक युवतीलाई नेपालसम्म ल्यायो। युवकले उनलाई आफ्नै घर लगेका थिए, तर प्रेमलाई विवाहमा परिणत गर्ने सोचमा परिवारले साथ दिएन। परिवारको अस्वीकारपछि उनी विवश भइ बंगलादेश फर्किइन्। तर कथा त्यहीं सकिएको थिएन। प्रेममा दृढ रहेका दुबैले निरन्तर सम्पर्कमा रहे। केही महिनापछि युवती पुनः गौर आइपुगिन्—योपटक अझ बढी विश्वास र अठोटका साथ। 'म कुनै आवेगमा आएर हैन, उहाँलाई श्रीमान् मानिसकेर नेपाल आएकी हुँ,' उनले स्पष्ट सुनाइन्, 'जीवनभर दुःखसुखमा साथ दिन तयार छु।'

तर, युवकका आमाबाबु र दाजुभाइहरूले भने उनको उपस्थिति स्वीकार्न मानेनन्। युवतीको भनाइअनुसार, उनलाई मानसिक यातना, गालीगलौज र कुटपिटसमेत गरियो। युवकलाई समेत घरबाट लुकाएर राखिएको आरोप छ। प्रेमको साहसिक यात्रापछि उनी पाउनुपर्ने स्वागत, उल्टै यातनामा परिणत भयो। युवतीको अवस्थाले स्थानीय तहलाई पनि सतर्क बनाएको छ। आज गौर–६ का वडा अध्यक्ष अवध बिहारी साहको पहलमा स्थानीय समाजसेवी, छिमेकी तथा सरोकारवालाहरूको उपस्थितिमा सामाजिक छलफल गरियो। छलफलमा कतिपयले प्रेम–विवाहलाई समर्थन गर्दै युवतीलाई मानवीय दृष्टिले सम्मान गर्नुपर्ने धारणा राखे, तर युवकको परिवार अझै आफ्नै निर्णयमा अडिग देखिन्छ।

भिडन्त प्रेम र परम्पराबीच भइरहेको छ। एउटी विदेशी युवती, जसले सीमाना पार गरेर प्रेमको आह्वानमा नेपाल पाइला टेकिन्, अहिले न्याय र सहानुभूतिको आशामा गौरमै रोकिएकी छन्। समाज प्रेमको बहसमा बाँडिएको छ—के प्रेमको जित हुनेछ? वा परम्पराको कठोर सोचले फेरि एकचोटि प्रेमलाई पराजित गर्नेछ?

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै