मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

शेयर बजारमा मंगलबार करेक्सन

Nagarik Sewa 4382+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

काठमाडौं । पछिल्ला तीन दिन लगातार बढेको शेयर बजारमा मंगलबार करेक्सन आएको छ । तीन दिनमा ९६ अंक बढीले बढेको बजार मंगलबार १४ अंकले घटेर नेप्से २७१५ दशमलव ९१ विन्दुमा झरेको छ ।

नेप्से घटेसंगै कारोबार रकम पनि खुम्चिएको छ । मंगलबार ३१५ वटा स्टकको एक करोड ६९ लाख १७ हजार कित्ता शेयर ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार रुपैयाँ बराबरमा कारोबार भएको छ । सोमबारको तुलनामा कारोबार रकम झण्डै तीन अर्बले घटेको हो । घटेको बजार पनि जोशी हाइड्रोपावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

यस्तै सामुदायिक लघुवित्त, मध्य भोटेकोशी जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, उपकार लघुवित्त र कालिका पावरको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । तर कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये जलविद्युत र अन्य उपसमूहको परिसूचक सामान्य बढे बाहेक ११ वटा उपसमूहको परिसूचक घटेका छन् । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ६० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक ३० करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार