काठमाडौं । पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटनामा परेको छ । छोरेपाटन बजारदेखि केही माथि नगर बस घुम्दीबाट खसेको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।