माइक्रो बसको ठक्करबाट पुतलीसडकमा पाँच वर्षीया बालिकाको मृत्यु

Nagarik Sewa 4164+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले केहीबेर अघि पैदल हिँडिरहेका बेला बालिकालाई ठक्कर दिएको थियो ।

माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको प्रहरी स्रोतले बतायो । घटनास्थलबाट ती बालिकालाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि पुतलीसडक क्षेत्रमा ट्राफिक जाम भएको थियो । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार