काठमाडौं। देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरू नेपाल टेलिकमले फ्रि वाईफाई सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्वसाधारण यात्रुलाई लक्षित गर्दै निःशुल्क इन्टरनेट सेवा दिने भएको हो ।
कम्पनीका अनुसार ११ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसको सुरुवात गरिएको छ । नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाई(फाई इन्टरनेट सेवाको सुरुवात गरेका थिए ।
उक्त फ्रि वाईफाई इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भीआईपी लाउन्ज तथा प्रतीक्षा स्थल लगायतका क्षेत्रहरूमा रहेको छ । देशभर सञ्चालनमा रहेका ३ वटा अन्तरराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरूमा सर्वसाधारण यात्रु लक्षित निःशुल्क इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच सम्झौता भइसकेको छ ।
सेवाको कभरेज रहेको स्थानमा ल्त्(ऋब्ब्ल् ँचभभ ध्ष्ँष् एसएसआईडी भएको वाई(फाईमा कनेक्ट गरेर आवश्यक निर्देशन पूरा गरेपछि निस्शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिनेछ ।