आजबाट नाडा अटो शो सुरु

Nagarik Sewa 4759+ समाचार ( )
९ भाद्र २०८३, मङ्गलबार

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु भएको छ । उपराष्ट्रपति रामशहायप्रसाद यादवले मंगलबार अटो शोको उद्घाटन गरे । अटो शोमा पाँच दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका प्यासेन्जर सवारीसाधनका साथै कमर्सियल सेग्मेन्टअन्तर्गतका ईभी माइक्रो, भ्यानदेखि ठूला कमर्सियल सवारीसाधनसम्म  दर्शनीमा राखिएका छन् ।

हुन्डाई, टाटा, बीवाईडी, दिपल, लिपमोटर, बीएआईसी, होङ्छी, अवतार, एवान, चांगन, चेरी, जिली र स्काइवेललगायत विश्वस्तरीय ब्रान्डका साथै रोयल इन्फिल्ड, यामाहा र होन्डालगायत दर्जनौँ ब्रान्डका विभिन्न उत्पादन प्रदर्शनीमा छन् ।

यसपटकको नाडा अटो शोमा नेपालमै बनेको सिप्रदी–यात्री नेपालको उत्पादन ‘यात्री पी–२’ समेत प्रदर्शनमा राखिएको छ । अटोकम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा एसेसरिजका कम्पनीहरूको समेत उल्लेख्य सहभागिता छ । प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहेका छन् । त्यस्तै, १० वटाभन्दा बढी बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता रहेको नाडाले जनाएको छ ।

आजदेखि सुरु भएको अटो शो १४ भदौसम्म ६ दिन सञ्चालन हुनेछ । अटो शो अवधिमा अटोमोबाइलसम्बन्धी नीतिगत बहस, लगानी, अटो बीमा, सडक पूर्वाधार, सरकारी नीति, नयाँ सवारीसाधनको बढ्दो आगमन र रोजगारीका विषयमा विशेष छलफल कार्यक्रमसमेत हुने नाडाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार