निर्वाचन आयोगले समानुपातिक बन्दसूची सच्याउन थाल्यो छलफल

Nagarik Sewa 4397+ समाचार ( )
१७ पौष २०८२, बिहीबार

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ। पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ।

आयोगमा यही पुस १३ र १४ गते ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए। त्यसमध्ये २२ दलले मात्रै ११० वटै स्थानमा उमेदवारी मनोनयन गरेका छन्। सूचीअनुसार औसत प्रतिनिर्वाचन चिह्नमा उमेदवारी दिने दलको सङ्ख्या ६० देखिएको छ। यस्तै न्यूनतम ११ स्थानमा बन्दसूची पेस गर्ने दलको सङ्ख्या १० रहेको छ। यसैगरी एकल चिह्न लिएका दल १० रहेका आयोगले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार