गृहमन्त्री रमेश लेखकद्वारा सडक सुरक्षा कायम गर्न प्रहरीलाई निर्देशन

Nagarik Sewa 756+ समाचार ( )
२७ कार्तिक २०८१, मङ्गलबार

काठमाडौं। गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिनुभएको छ ।

सवारी दुर्घटनाका घटना बढ्दै गएका बेला गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरलाई यात्रु वाहक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न नदिन, मालवाहक सवारी साधनमा यात्रु बोक्न नदिन लगायत सवारी दुर्घटना न्यूनीकरणमा मुलुकभरमा प्रहरी युनिटलाई सक्रिय बनाउन निर्देशन दिनुभएको हो।

‘सडक सुरक्षा कायम प्रहरी प्रमुख मार्फत मुलुकभरका प्रहरी युनिटलाई परिचालन गर्न निर्देश गरेको छु ।’ गृहमन्त्री लेखकले भन्नुभयो– ‘सवारी दुर्घटना न्युनीकरणका लागि यातायात व्यवसायी, यातायात मजदुर र सरोकारवाला निकायले पनि सजगता अपनाउनुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार