तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा आमाछोराको मृत्यु

Nagarik Sewa 4397+ समाचार ( )
८ माघ २०८१, मङ्गलबार

काठमाडौं।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभञ्ज्याङमा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु भएको छ। सवारी चालकले नियन्त्रण गुमाई सडकको बायाँतर्फको कल्भर्टमा ठोक्किँदा मोटरसाइकल दुर्घटना भएको तनहुँ प्रहरीले जनाएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग प्र ००३–००१ प ०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको र मृत्यु हुनेमा आमाछोरा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जनाएका छन् । उनका अनुसार तनहुँको ऋषिङ गाउँपालिका–६ चालिसे घर भई हाल व्यास नगरपालिका–५ पाटन बस्ने ४० वर्षीया मधुमाया आले र उनका छोरा १९ वर्षीय सन्दीप आलेको दुर्घटनामा मृत्यु भएको हो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै