निर्माणाधीन सेफ्टी ट्यांकीमा फसेर कोहलपुरमा तीन मजदुरको मृत्यु

Nagarik Sewa 4657+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–३, शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्यांकीमा फसेर तीन  मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–३ बस्ने अन्दाजी ४० वर्षीय कालु थारु, अन्दाजी २६ वर्षीय प्रकाश थारु र अन्दाजी ३३ वर्षीय बिर्जा थारु छन् ।

स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेफ्टी ट्यांकीमा बुधबार बिहान करिब ९ बजे उनीहरू फसेका थिए । प्रहरीले जेसीबीको सहायताले सेफ्टी ट्यांकी फुटाएर तीनैजनालाई मृत अवस्थामा बाहिर निकालेको थियो । उक्त शवहरू परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार