पार्टीप्रेमी नभई देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरी छः सुदन गुरुङ

Nagarik Sewa 4856+ समाचार ( )
१ मंगशिर २०८२, आइतबार

काठमाडौं। हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले पार्टीप्रेमी नभई देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरी रहेको भन्दै सामाजिक सञ्जालमार्फत आह्‌वान गरेका छन्। उनले वैकल्पिक नागरिक शक्तिको आवश्यकता रहेको भन्दै चर्चित अनुहारहरूलाई एकै ठाउँमा उभिन आह्‌वान गरेका हुन् । 

बालेन साह, रवि लामिछाने, कुलमान घिसिङ, हर्क साम्पाङ, सुमना श्रेष्ठ र सागर ढकाल लगायत समाजमा मन जितेका व्यक्तित्वहरूलाई एकै ठाउँमा आउन उनले सार्वजनिक आह्वान गरेका छन्। ‘हामी सम्पूर्ण नेपाली जनताको एउटै चाहना छ, तपाईंहरू सबै एकै ठाउँमा सँगै उभिनुहोस्,’ उनले भनेका छन् । 

गुरुङका अनुसार अभियानको पहिलो चरणमा जेनजी पुस्ता ७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म एकजुट भइसकेको छ । अब सबै पुस्ता जोडिनका लागि छिट्टै नै एक डिजिटल प्लेटफर्म सार्वजनिक गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै