काठमाडौं । काठमाडौंमा आज बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडकखण्डमा बिहान स्कुटर र मिनी ट्रक ठोक्किँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका–१२ हरियाली बस्ने ४० वर्षीय दीपक नेपाल र चन्द्रागिरि नगरपालिका–१४ बस्ने ५६ वर्षीया शुभद्रा कुमारी नेपाल रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार बिहान २ः५८ बजे सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ आउँदै गरेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।