भीसी कार्यालय अगाडि कर्मचारीहरूको धर्ना

Nagarik Sewa 4218+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कर्मचारीहरूले उपकुलपति (भीसी) कार्यालय अगाडि धर्ना दिएका छन् । सेवा सुविधाको माग राखेर आन्दोलनरत कर्मचारीहरूले ५ गतेसम्म नियमित १ घण्टा धर्ना दिने त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले बताए ।

कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने माग कर्मचारीहरुको छ । नेपाल स्वास्थ्य सेवा ऐन अनुसार  त्रिभुवन विश्वविद्यायमा कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीको स्तरवृद्वि गर्नुपर्ने, रिक्त दरबन्दीमा विज्ञापन खुलाउनु पर्ने माग पनि कर्मचारीको छ ।

लामो समयसम्म एउटै पदमा कार्यरत कर्मचारीको एक तह पदोन्नती गर्नुपर्ने, संचित विशेष तलवी बिदा रकम सेवा निवृत्त हुँदा सम्पूर्ण कर्मचारीले पाउने व्यवस्था गर्नुपर्ने, विगतमा खोसिएका सेवा सुविधा दिनुपर्ने र ज्यामी, ज्यालादारी कर्मचारीको समस्या समाधान गरी सेवा सुनिश्चित गर्नुपर्ने माग कर्मचारीहरुले राखेका छन् । ‘यसअघि २७ मंसिरमा त्रिविको सभामा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुँदा पनि कर्मचारीहरूले नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार