ग्लोबल आइएमई बैंकको खुद नाफा २३ प्रतिशतले वृद्धि

Nagarik Sewa 4281+ समाचार ( )
२२ कार्तिक २०८२, शुक्रबार

काठमाडौं । ग्लोबल आइएमई बैंकको खुद नाफा २३ प्रतिशत वृद्धि भएको छ । बैंकले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको पहिलो तीन महिनामा बैंकले १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने २२.९१ प्रतिशत धेरै हो । गत आवको असोज मसान्तमा बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, बैंकको संचालन नाफा पनि दोहोरो अंकको बढोत्तरी देखिएको छ । समिक्षा अवधिमा बैंकको यस्तो नाफा १०.४३ प्रतिशत बढेर २ अर्ब २७ करोड १६ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँबाट बढेर ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ पुगेको छ । बैंकको संचालन नाफा र खुद ब्याज आम्दानी बढेपछि खुद नाफा पनि सुधार आएको हो । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि व्यापाक रुपमा बढेर ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ कायम भएको छ ।

हाल बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा ५ अर्ब ६७ करोड ६६ लाख रुपैयाँ राखेको छ । बैंकसँग हाल ४.९८ प्रतिशत खराब कर्जा छ । हाल बैंकको प्रतिसेयर आम्दानी १९.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७९.५० रुपैयाँ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार