मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

अरिँगालको टोकाइबाट एकै घरका दुईजना बालबालिकाको मृत्यु

Nagarik Sewa 2364+ समाचार ( )
१९ कार्तिक २०८१, सोमबार

काठमाडौं ।  बझाङमा अरिँगालको टोकाइबाट एकै घरका दुईजना बालबालिकाको मृत्यु भएको छ। थलारा गाउँपालिका–२ डोरगाउँकी डम्मरा खातीका ३ वर्षीय छोरा सुरवीर खाती र ५ वर्षीया छोरी सिया खातिको अरिँगालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

बझाङका प्रहरी प्रमुख डीएसपी युवराज भण्डारीका अनुसार यो घटना गएको शनिबार (गोरुतिहार)कै दिनको हो। 

‘शनिबार दिउँसो घर नजिकै बारीमा डम्मरा र उनकी सासु घाँस काट्न जाँदा बालबालिका पनि सँगै गएका रहेछन्,’ डीएसपी भण्डारीले भने, ‘बिच्किएको अरिँगालको टोकाइबाट दुई बालबालिकाको तत्कालै मृत्यु भएको खबर आएको छ। सोही घटनामा अरिँगालको टोकाइबाट डम्मरा, उनकी सासु र डम्मराकी सात वर्षीया छोरी सुमी पनि घाइते भएका छन्।’

उनीहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भैरहेको भण्डारीले बताए। यसअघि बझाङकै गुन्देल र तलकोटमा पनि अरिँगालको टोकाइबाट दुईजनाको मृत्यु भएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार