आज श्रीपञ्चमी

Nagarik Sewa 4387+ समाचार ( )
१० माघ २०८२, शुक्रबार

काठमाडौं। आज माघ शुक्लपञ्चमी अर्थात वसन्त श्रीपञ्चमी । हिन्दु धर्मावलम्बीहरूले, यस दिन विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइरहेका छन्। सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। 

वसन्त पञ्चमीको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकास्थित नवसाल चोकमा वसन्त श्रवण गर्नुभएको छ। यस परम्परागत कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष र गृहमन्त्री ओमप्रकाश अर्यालसहित अन्य पदाधिकारीहरूले पनि सहभागिता जनाउनुभएको थियो।

परम्परा अनुसार, वसन्त पञ्चमीको दिन वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ। यस दिनबाट वसन्त ऋतुको सुरुवात भएको मानिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार