युद्धमा मारिएका सैनिकहरूका परिवारका लागि उत्तर कोरियाले बनायो आवासीय कोलोनी

Nagarik Sewa 4387+ समाचार ( )
४ फाल्गुन २०८२, सोमबार

काठमाडौं । उत्तर कोरियाले रूसको तर्फबाट युक्रेनमा लडाइँका क्रममा मारिएका आफ्ना सैनिकहरूका परिवारहरूका लागि एक आवासीय परिसर (कोलोनी) निर्माण गरेको छ । सरकारी मिडियामा आएका तस्बिरहरूमा किम जोङ उनलाई प्योङयाङको यो नयाँ सडकमा हिँडिरहेको देख्न सकिन्छ । यस क्रममा उनकी छोरी किम जू ए पनि उनीसँगै थिइन् । यो सडकको नाम साएप्पयोल राखिएको छ ।

हालका महिनाहरूमा उत्तर कोरियाले युक्रेन युद्धमा रूसको पक्षबाट लड्न गएका सैनिकहरूलाई सम्मानित गर्ने र यसलाई गौरवपूर्ण बनाउने अभियान तीव्र पारेको बताइएको छ । उनीहरूको सम्झनामा स्मारक तथा संग्रहालयहरू निर्माण गरिएका छन् । विश्लेषकहरूले यसलाई आन्तरिक एकता मजबुत बनाउने तथा सम्भावित असन्तुष्टि रोक्ने प्रयासको रूपमा हेरेका छन् । किम जोङ उनले हालका महिनाहरूमा हजारौँ सैनिकहरूलाई रूस पठाएका छन् तथा ठूलो मात्रामा ट्यांक, मिसाइललगायत अन्य सैन्य सामग्रीहरू युक्रेन युद्धका लागि रूसलाई उपलब्ध गराएका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार