काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य ११ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन भने सुुन तोलामा एक लाख ९९ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
आज चाँदीको मूल्य पनि घटेको । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।