काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज छापावाल सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँले कारोबार भइरहेको छ ।
बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार २०० ले बढेको थियो । पछिल्ला केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि थोरै बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेको महाङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार पनि चाँदी तोलामा ५० रुपैयाँले बढेको थियो ।